Bal-Umang

Bal-Umang

पूर्व अार्इजीपी खरेलद्धारा मेरो चरित्र हत्या गर्न खोजियाे : गौतम

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमले नेपाल प्रहरीका पूर्वमहानिरीक्षक अच्युतकृष्ण खरेलले मेरो चरित्र हत्या गर्न खोजिएको बताएका छन् । उनले खरेलद्वाराप्रकाशित ‘आत्मकथा’मा मलार्इ इंकित गरी कथित घटनासँग जाेडेर बर्णन गरी चरित्र हत्या गर्न खोजिएको बताए।

पत्रकारसँग कुराकानी गर्दै पूर्व उपप्रधान तथा गृहमन्त्री गौतमले खरेलले प्रकाशन गरेको ‘अच्युतकृष्ण खरेल आत्मकथा’मा आफूलाई इङ्गित गरी एक पत्रकारमार्फत र २० लाखको आफूले प्रस्ताव पठाउँदा अस्वीकार गरेको भन्ने जस्ता झूटा कुरा लेखेर चरित्र हत्या गर्न खोजेको बताए ।

खरेलले आइजीपीबाट हटाइएको बदला आत्मकथामार्फत सार्वजनिक गरेको उनको जिकिर छ । खरेलले लेखेका कुरामा कुनै सत्यता नभएको भन्दै गौतमले स्थानीय निर्वाचन गर्न नसक्ने भएपछि पार्टीको निर्देशनमा खरेललाई तत्कालिन समयमा प्रहरी प्रमुखबाट हटाइएको बताए ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार