Bal-Umang

Bal-Umang

सरकारले पोर्न साइट बन्द गरेपछि नायिका प्रियंका कार्कीले खाेलिन् मुख

काठमाडाैँ । नायिका प्रियंका कार्कीले बलात्कारका घटना बढ्नुमा पोर्न भिडियोहरुमाथिको सहज पहुँच कारक नरहेको दावी गरेकी छन्। नेपाल सरकारले बलात्कारका घटना बढ्नुमा पोर्न भिडियोहरु नै कारक तत्व बताइरहेकाे बेला नायिका कार्की भने यसको विपक्षमा मुख अाेलेकी छन्।

उनले पोर्न साइट बन्द गर्नु बलात्कार र यौनजन्य हिंसा नियन्त्रणको सही समाधान नहुने दावीसमेत गरेकी छन। आफ्ना विचार खुला रुपमा राख्ने प्रियंकाले यस्ता साइट बन्द गरिए यौनजन्य हिंसाका घटना कम हुनुको साटो थप बढ्न सक्ने बताएकी छन् ।

कथा काठमाडौं’ चलचित्रको एक हट दृष्यका कारण चर्चा र आलोचना दुबै पाइरहेकी प्रियंकाले भनिन्, ‘अश्लिल साइट बन्द गरे मानिसमा थप यौनकुण्ठा बढ्छ, यसले अपराधतिर अघि बढाउँछ ।’

मोवाइल–मोवाइलमा पहुँच हुने पोर्न भिडियोहरुकै कारण बलात्कारका घटना बढिरहेको र यस्तो कार्यप्रति मानिसलाई उकासीरहेको ठहर गर्दै पोर्न साइटहरु बन्द गर्ने तयारीमा रहेको सरकारको कदमप्रति फरक विचार राख्दै नायिका कार्कीले यसो गरेर बलात्कारका घटना नरोकिने बताएकी छन् ।

उनले पोर्न साइटले ‘यौन कुण्ठा’ लाई कम गर्न सहयोग पुर्‍याइरहेको दावी गर्दै भनेकी छन्, ‘मान्छेले चाह्यो भने पोर्न मुभी हेर्न धेरै उपाय छन्, सिडी किनेर पनि हेर्न सक्छ । यसैले यो सही होइन कि भन्ने लाग्छ मलाई त ।

सूचना तथा प्रविधि मन्त्रालयले यही असोज ५ गते देशमा बढ्दो बलात्कार र महिलाा हिंसाका घटना न्युनीकरण गर्ने उद्देश्यले यस्ता साइट पूर्णरुपमा बन्देज लगाउने निर्णय गरेको थियो ।

सरकारले समाजमा यौन हिंसा र बलात्कार बढ्नुमा पोर्न साइटहरुको प्रयोग रहेको विश्लेषण गर्दै हालसम्म १६ हजारभन्दा बढी यस्ता साइटमाथि बन्द गर्न सम्बन्धित पक्षलाई निर्देशन दिइसकेको छ ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार