Bal-Umang

Bal-Umang

सीके राउतविरुद्ध अमेरिकामा बन्याे यस्ताे खतरनाक याेजना, नेपालमा हल्लियाे संगठन!

काठमाडाैँ । संयुक्त राज्य अमेरिकामा विभिन्न क्षेत्रमा रहेका नेपाली मधेसी समुदायका युवाहरुले हामी नेपाल टुक्रिन नदिने बताएका छन्। अमेरिकामा रहेका मधेसी समुदायका युवा उद्यमी, व्यवसायी र विद्यार्थीले नेपाल देश विरुद्ध विखण्नकारी समूह सीके राउतविरुद्ध जनकपुरबाट असहयोगकाे आन्दोलन सुरु गर्ने घोषणा गरेका हुन्।

गत सेप्टेम्बर २३ तारिखको दिन अमेरिकाको पेनसिलिभ्यानिया राज्यको पिट्सवर्ग मेट्रो सिटीमा नेपाली मूलका विभिन्न पेशामा लागेका मधेसी समुदायका युवामाझ आयोजित एक वैचारिक गोष्ठीमार्फत उनीहरुले यस्तो निर्णय लिएका हुन्।

यसअघि राउतले हाम्राे संगठन विभिन्न देशमा रहेकाे दावी गर्दै अाएकाे भाषण झुठाे सावित भएकाे छ। जबकी उनलार्इ साथ दिन कुरा त टाँढा छ किनकी उनी विरुद्ध नै विदेशमा रहेका युवाहरु अाेर्लिने तयारीमा छन्।

महोत्तरी जिल्लाबाट अमेरिका गइ विगत एक दशकदेखि बस्दै आएका उद्यमी जय साहको अध्यक्षतामा उक्त गोष्ठी सम्पन्न गर्दै सीके राउतविरुद्ध जनकपुरबाट असहयोगकाे आन्दोलन सुरु याेजना बनेकाे हाे।

उक्त गोष्ठीमार्फत मधेसी समुदायका युवाले ‘युथ फर ट्वेन्टी टु सेन्चुरी’ नामक एनजिओ पनि गठन गरेको जय साहले जनाएका छन्। आफूहरुले मुख्यतयः कसरी जनकपुरबाट सीके राउतलाई रोक्न असहयोग आन्दोलन सुरु गर्ने र तराईका सबै जिल्लामा हामी नेपाल टुक्रिन दिन्नौं नामक अभियान चलाउने निर्णय गरेको साहले बताए। त्यस्तै उनले आफूहरुले गैर राजनीतिक तरिकाले सीके राउतको नाम नलिईकन सीके राउतको बढ्दो लोकप्रियतालाई कसरी रोक्ने भन्नेबारे पनि बृहत् छलफल गरेको जनाए।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार