Bal-Umang

Bal-Umang

स्वास्थ्यमन्त्री यादवको कामको गगनले गरे प्रशंसा

काठमाडौं– नेपाली कांग्रेसका युवा नेता गगन थापाले उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवको प्रशंसा गरेका छन्। पूर्व स्वास्थ्यमन्त्री समेत रहेका थापाले आफूले बढाएका योजनालाई यादवले निरन्तरता दिएको र स्वास्थ्य क्षेत्रमा सुधारका कामहरुको सुरुवात गरेको भन्दै धन्यवाद दिएका हुन्।

पछिल्लो समय मन्त्री यादव र थापा स्वास्थ्य सम्बन्धी कार्यक्रममा सँगसँगै देखिने गरेका छन्। केही समयअघि त्रिभुवन शिक्षण अस्पतालको एक कार्यक्रममा पनि गगनले यादवको कामको प्रशंसा गर्दै केही सुझाव दिएका थिए। आफूले छोटो समयमै धेरै कामहरुको सुरुवात गरेको स्मरण गर्दै नेता थापाले यादवसँग धेरै समय रहेको र दीर्घकालिन हितलाई ध्यानमा राखेर अघि बढ्न सुझाव दिएका थिए।

गगनले आफ्नो ६ महिने कार्यकालमा मन्त्री हुँदा स्वास्थ्य विमा कार्यक्रम, विभिन्न रोगको उपचारमा छुट जस्ता महत्वपूर्ण जनताको पक्षमा दीर्घकालिन निर्णय गरेर चर्चित बनेका थिए।

संविधान संशोधनको एजेण्डासहित सरकारमा सहभागी संघीय समाजवादी फोरमका अध्यक्ष यादवले स्वास्थ्य क्षेत्रमा मन जित्ने कामको सुरुवात त गरेका छन नै संशोधनको मुद्दालाई निष्कर्षमा पुर्याएरै छाड्ने अठोट उनमा छ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार