Bal-Umang

Bal-Umang

राजपाले सरकारलार्इ समर्थन गर्नु बाध्यता की दबाब, महतोले गरे सनसनीपूर्ण खुलासा खुलासा!

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संविधान नेता महतोले सरकारलाई समर्थन गर्नु राजपाको बाध्यता रहेको प्रष्टीकरण दिएका छन् । बुधबार राजविराजमा पत्रकारहरुसँग कुरा गर्दै नेता महतोले सरकारलार्इ समर्थन गर्नुको यस्तो कारण खुलासा गरेका हुन्।

दुई तिहाई बहुमत प्राप्त कम्युनिष्ट सरकारले संविधान सशोधन गर्छु भनेपछि समर्थन गरेका हौं,’ उनले भने, ‘संशोधनकै लागि बर्तमान सरकारसँग दोस्ती गरेका हौं ।’

उनले प्रधानमन्त्री ओलीजीले दिएका प्रतिबद्वता, गरेको घोषणा राजपालाई राम्रो लागेर समर्थन गरेपनि अहिले सरकारले ती प्रतिबद्ता र घोषणा बिर्सेको बताए ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार