Bal-Umang

Bal-Umang

रहस्यमय राजनीतिक भ्रमणमा पुर्व राजा ज्ञानेन्द्र, के न‍ेपालकाे सत्ता पल्टेला, यस्ताे छ तयारी!

काठमाडाैँ । पुर्वराजा ज्ञानेन्द्र विक्रम शाह २०७५ को असोज महिना पनि विदेशमै रमाउने कार्यक्रम रहेको थाहा भएको छ ।उनका ती भ्रमणहरु राजनीतिदेखि पारिवारिक र पर्यटकीयसम्म हुनेछन् ।

देशदेशावरको यात्रामा निस्केका ज्ञानेन्द्र शाह अहिले श्रीलंकाको राजनीतिक भ्रमणमा व्यस्त छन् ।२०७५ भदौ २९ गतेबाट थाइलैण्ड भ्रमणमा निस्केका शाह एक महिना पुरै विदेशमा विताउने छन् । २९ भदौमा विदेश भ्रमणमा निस्केका पुर्वराजा शाह ३० असोजमा नेपाल आईपुग्नेछन् ।

यो समयमा उनी थाइलैण्ड, श्रीलंका, भारतदेखि माल्दिभ्ससम्मको यात्रा गर्नेछन् ।२९ भदौमा थाईलैण्ड निस्केका पुर्व राजा शाहको परिवारले त्यहाँ शुद्ध पारिवारिक भ्रमण सम्पन्न गरेका छन् ।

पुर्व अधिराजकुमारी हिमानी शाहका छोरीहरु पुर्णिका र कृतिकासंग भेटघाट गरेपछि पुर्व राजपरिवारको टोली अहिले श्रीलंका पुगेको छ ।, आजको साँघु साप्ताहिकमा यो खबर छ ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार