Bal-Umang

Bal-Umang

नेपाली सेनालाई मधेसका प्रभावशाली सांसदको काउन्टर, संसदमै उठाए खतरनाक विषय

काठमाडौं– तराई/मधेसबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसद हृदयस त्रिपाठीले सेनालाई व्यापारमा लगाउनु गलत भएको बताएका छन्। संसदको विशेष समयमा बोल्दै त्रिपाठीले सेनाले व्यापार गर्दा व्यवसायीक कुरामा आँच आउने बताए। भर्खरै निवृत्त प्रधान सेनापति राजेन्द्र क्षत्रीकाबारेमा पत्रपत्रिकामा धेरै कुरा आएको भन्दै उनका बारे छानविन गर्न समेत त्रिपाठीले माग गरे।

सुन काण्ड र निर्मला पन्त प्रकरणमा प्रहरीको हौसला गुमेको भन्दै उनले सेनाको पनि यस्तो स्थति आउन सक्नेमा सचेत हुन आग्रह गरे।

निजगढ विमास्थलको डिपिआर तयार नहुँदै रुख कटानमा हतार भएको भन्दै उनले आपत्तप प्रकट गरे। ‘अहिलेसम्म डिपिआर तयार भएको छैन, कति लागत लाग्छ त्यो आइसकेको छैन रुख काट्न किन हतार?’, उनको प्रश्न थियो।

विमानस्थल निर्माणमा लगानीको स्रोत के हो त्यसमा तयारी नै नगरी रुख कटानमा जोड दिँदा समस्या आउन सक्ने उनको भनाई छ। रुख कटानी गरेर काम हुन नसकेका थुप्रै उदाहरण भएको भन्दै उनले योजना बनाएर काम गर्न आग्रह गरे।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार