Bal-Umang

Bal-Umang

फोरम नेता तथा पुर्व सभासद सिंहले भने-‘संघीयता समाप्त पार्न सिके राउतलाई यी दुर्इ शक्तिले प्रयोग गरिरहेका छन्’

काठमाडौं । संघीय समाजवादी फोरम नेपालका नेता एवं पूर्वसभासद बबन सिंहले संघीयता समाप्त पार्न ठुलो चलखेल भइरहेको खुलासा गरेका छन्। उनले विखण्डनकारीको गतिविधि गर्ने सिके राउतलाई नेपाली कांग्रेस राजापाले प्रयोग गरिरहेको आरोप लगाए।

अरनिको टेलिभिजनको कार्यक्रम दृष्टिकोणमा कुरा गर्दै नेता सिंहले देश टुक्राउने माग राखेर आन्दोलन गरिरहेका सिके राउतलाई कांग्रेस र राजपाकै समर्थन रहेको दोहर्‍याए।

उनले मधेशलाई कमजोर पार्न राजपा गठन गरेकाले यो राष्टवादी पार्टी नभएको बताए । संघीयतालाई समाप्त पार्न अहिले राजपा लागि परेको र संघीयता समाप्त भएपछि यो कांग्रेसमा विलय हुने दाबी समेत गरे ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार