Bal-Umang

Bal-Umang

फोरमको प्रदेश कमिटिले दोहोरो भूमिका देखाएपछि स्पष्टिकरण सोध्ने तयारीमा केन्द्र

काठमाडाैँ । आज देशैभर संविधान दिवस मनाइरहेको बेला भने सत्तारुढ दल संघीय समाजवादी फोरम नेपालका प्रदेश नम्बर २ का प्रदेश कमिटीले कालो दिवस मनाइरहेको छ। जबकी केन्द्रले कालो दिवस नमनाउने निर्णय गर्दै सूचना जारी गरेपनि प्रदेश कमिटीले अटेरी गरेर कालो दिवस मनाउँदा दोहोर भूमिका खेलेको सजिलै अनुमान लगाउन सकिन्छ।

फोरम नेपाल मधेश प्रदेश नम्बर २ कार्यसमितिले कालो दिवस मनाउने भन्दै विज्ञप्ति जारी गरेको भोलिपल्ट केन्द्रीय समितिले संविधान दिवस नमनाउने तर विरोधपनि नगर्ने भनी निर्णय गरेको थियो ।

केन्द्रले संविधान संशोधन गर्न सरकार सहमत भइसकेको अवस्थामा कालो दिवस मनाउने जस्ता कार्यक्रमहरुमा सहभागी नहुन सबै पार्टीपंक्तिलाई निर्देशन दिएपनि प्रदेश नम्बर २ को समितिले ठाँडो अस्वीकार गर्दै कालो दिवस मनाउन जस्ता कार्यक्रममा होमिएको छ।
प्रदेश नम्बर २ को कमाण्ड सम्हालेकी प्रदेश अध्यक्ष रेणु यादवकै नेतृत्वमा कालो दिवस मनाउने जस्ता कार्यक्रममा भइरहेको छ।

यता फोरम नेपालका केन्द्रीय उपाध्यक्ष युवराज कार्कीले केन्द्रले जारी गरेको ह्वीप नमानेपछि स्पष्टीकरण सोधिने तयारी भइरहेको बताए। उनले भने,’ संविधान संशोधनकै एजेण्डा लिएर सरकारमा सहभागी हुँदा प्रदेश कमिटीको समेत सहमति रहेको थियो र आज सरकारले संविधान संसोधनको लागि सकारात्मक देखिएपछि हामी कालो दिवस नमाउने र संविधान दिवसलाई दिवसको रुपमा पनि नमाउने निर्णय गर्दै ह्वीप जारी गरेका हौँ’

उनले थप्दै भने,’सरकारमा बस्ने र सरकारकै विरोध नैतिकताको आधारमा गर्न नमिल्ने हुनाले हामी न्युटल बसेको हौँ ।’

यस्तै फोरम नेपालका महासचिव रामसहाय प्रासद यादवले संविधान दिवसलार्इ लिएर केन्द्रले गरेकाे निर्णय अटेरी गरेकाे पाइएमा विधान अनुसार कारवाही हुने बताए।

यस्तै फोरम नेपालका नेता एवम् सांसद प्रदीप यादवले संविधानमा धेरै त्रुटी भएकोले यसलाई सच्याउनुपर्ने बताउँदै आफ्नो संविधान संशोधनको लागि नै सरकारमा गएको स्पष्ट पारे । उनले भने,‘हाम्रो पार्टी २ बुँदे सम्झौता गरेर सरकारमा गएको छ । जबसम्म संविधान संशोधन हुँदैन्, तबसम्म यो सर्वस्विकार्य हुँदैन् ।’

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार