Bal-Umang

Bal-Umang

संविधान दिवसकै दिन फोरमले गर्यो ठूलो घोषणा, बालुवाटारमा ओलीको कुर्सी हल्लियो

काठमाडौं– संविधान संशोधनको शर्तमा सरकारमा सहभागिता जनाएको संघीय समाजवादी फोरमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ६ महिने अल्टिमेटम दिएको छ। संशोधनमा प्रधानमन्त्री ओलीले ढिलाई गरेपछि फोरम एक्सनमा उत्रिएको हो।

संविधान संशोधनको लिखित सहमतिसहित फोरमले सरकारमा सहभागिता जनाइरहेको छ। अहिले अध्यक्ष उपेन्द्र यादव उपप्रधान तथा स्वास्थ्य मन्त्री छन् भने सहरी विकास मन्त्रालय पनि फोरमले सम्हालिरहेको छ।

यस्तो बेला बुधबार (आज) परेको तेस्रो संविधान दिवसको अवसरमा फोरमका नेताले अबको ६ महिनाभित्र संविधान संशोधनसहितका सहमति कार्यान्वयन नभए सरकार छाड्ने घोषणा गरेका हुन्।

फोरमका नेता एवम् सांसद प्रदीप यादवले यही वर्षभित्र संविधान संशोधन नभए आफ्नो पार्टी सरकारबाट बाहिरिने स्पष्ट पारे। उनले भने, ‘संविधान संशोधन नभए हाम्रो पार्टी एक सेकेण्डपनि सरकारमा बस्दैन्। यो वर्षभित्र संशोधन हुन्छ भन्ने विश्वास हामीले लिएका छौं।’

यादवले संविधानमा धेरै त्रुटी भएकोले यसलाई सच्याउनुपर्ने बताउँदै आफ्नो संविधान संशोधनको लागि नै सरकारमा गएको स्पष्ट पारे। उनले भने, ‘हाम्रो पार्टी २ बुँदे सम्झौता गरेर सरकारमा गएको छ। जबसम्म संविधान संशोधन हुँदैन, तबसम्म यो सर्वस्वीकार्य हुँदैन्।’

हुन त फोरम अध्यक्ष उपेन्द्र यादव पनि संशोधनको प्रक्रिया अघि नबढेकोमा प्रधानमन्त्रीसँग असन्तुष्ट छन्। उनले बारम्बार संशोधनको प्रक्रिया अघि बढाउन ओलीको ध्यानाकर्षण गराउँदै आएका छन्।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार