Bal-Umang

Bal-Umang

४४ देश सहभागी जेनेभामा मन्त्री यादवले गरे ठूलो पहल, अब नेपालीले यी सुविधा पाउने

काठमाडौं । स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादव स्वदेश फर्किएका छन्। स्वीटजरल्याण्डको जेनेभामा ४४ देशका प्रतिनिधिको उपस्थितीमा आयोजित ‘हेल्थ वर्कर्स मोभिलिटी’ सम्मेलनमा सहभागी भई मन्त्री यादव मंगलबार स्वदेश फर्किएका हुन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्टीका केन्द्रीय परिषद् सदस्य युवा नेता दुर्गा सुवेदी, सुनसरी जिल्लासचिव मनाेज यादव, समाजवादी युवा फोरमका केन्द्रीय सदस्यहरु सृजन श्रेष्ठ, हेमन्त राई, अशोक यादव लगायत नेता कार्यकर्ताले स्वागत गरेका थिए।

सम्मेलनबारे जानकारी दिँदै मन्त्री यादवले दुई तीन वटा उपलब्धि सुनाए। उनले आफ्नो भ्रमणबाट नेपालीले विश्वका ४५ देशमा थप सुविधाहरु पाउने जानकारी दिए।

हेल्थ वर्कर्स मोभिलिटी सम्बन्धमा अबदेखि नेपालबाट अरु देशमा गएका हेल्थ प्रशासकहरुले फेरि त्यो देशमा गएर पढ्नुपर्ने वा सानोतिनो काम गर्नुपर्ने जस्ता विभेद अन्त्य हुने उनले बताए। २०२० सम्ममा यो सबै देशमा एउटै प्रावधान हुने उनको भनाई छ।

‘यहाँका डाक्टर, नर्स, बी.एनहरु विदेश गएर डब्लु एच ओ बोर्डको व्यवस्थाले सबै देशमा एकरुपता ल्याउने विषयमा काम भइरहेको छ, यस्तो प्रयोग जर्मन र पोल्याण्डमा छ। यसले विदेशमा रहेर यहाँको शिक्षा लिएका हेल्थ पर्सनहरुलाई इज्जत र खुबीअनुसारको काम दिलाउन सहज हुनेछ। विश्वभरी छरिएर रहेका हेल्थ कामदारको डाटा संकलन पनि गरिने छ। र सहयोग गर्न सकिनेछ’, मन्त्री यादवले भने।

हाम्रो देशमा आउनुपर्ने ठूलो सहायताको रकम सेभ द चिल्ड्रेनले कन्सलटेन्टको नाममा ठूलो रकम (झण्डै २५ प्रतिशत) लिइरहेको जानकारी उनले गराए।

नेपालमा क्वालिटी कन्ट्रोलको ड्रगहरु कसरी नाप्ने भन्ने सम्बन्धमा पनि धेरै पहिला कुरा भइराखेको थियो। तर कार्यान्वयनमा नआएकाले हामीले त्यसको पनि अब व्यवस्था गर्न भन्ने कुरालाई अगाडि बढाएको उनले सुनाए।

विकसित देशहरुलाई एक डलरमा एक महिनालाई चाहिने सबै खाले औषधिको व्यवस्था गर्नेगरी कुरा अगाडि बढको जानकारी दिँदै मन्त्री यादवले त्यसकारण यो भ्रमण सफल तथा उपलब्धिमुलक रहेको बताए।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार