Bal-Umang

Bal-Umang

राजपालाई काउन्टर दिँदै फोरमले लियो क्रान्तिकारी निर्णय, मधेसमा खुसियाली

काठमाडौं– संघीय समाजवादी फोरम नेपालले संविधान दिवसमा सहभागी नहुने निर्णय गरेको छ। सरकारमा रहेको हुनाले फोरमले संविधान दिवसमा भाग लिने र त्यसको भण्डाफोर आफूले गरेर फाइदा लिने दाउमा रहेको राजपालाई काउन्टर दिँदै फोरमले संविधान दिवस नमनाउने निर्णय गरेको हो।

हुन त राजपाले पनि केपी शर्मा ओली नेतृत्वकोे सरकारलाई समर्थन दिएको छ। राजपाले संविधान दिवस मनाउनु कुनै ठूलो कुरा होइन, तर सरकारमै बसेर ओलीलाई काउन्टर दिँदै उपेन्द्र यादवले संविधान दिवसकोे विरोध गर्ने निर्णय गर्नु हिम्मतवाल र क्रान्तिकारी निर्णय भएकोे चर्चा मधेसमा छ। यसोे गर्दा सरकारलाई संविधान संशोधन गर्न प्रत्यक्ष दबाब पर्ने तराईका बुद्धिजिबीको बुझाई छ। उपेन्द्रको निर्णयबाट राजपाका नेताहरु पनि चकित परेका छन्।

प्रदेश २ मा फोरमले ब्ल्याकआउट गर्ने

यसैबीच फोरम प्रदेश २ कार्यालयले संविधान दिवसमा सहभागी नहुन आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई आग्रह गरेको छ । पार्टीको आग्रहपछि प्रदेश २ का मुख्यमन्त्रीसहित मन्त्रीहरु पनि समस्यामा परेका छन् । प्रदेश २ मा फोरम नेपालकै मुख्यमन्त्री रहेका छन् ।

संघीय सरकारमा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री रहे पनि संविधानको विरोधमा पार्टीले विरोध प्रदर्शन गर्ने भएको हो ।

फोरम नेपाल प्रदेश २ का अध्यक्ष रेणु यादवले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै नेपालबाट प्रतिनिधित्व गर्ने यस प्रदेशका सम्पूर्ण जनप्रतिनिधिहरुलाई संविधान दिवसमा सहभागी नहुन आग्रह गरेकी छन् । संविधान दिवसका दिन फोरम नेपालले विरोधका कार्यक्रम समेत गर्ने भएको छ ।

दिनभरी हातमा कालोपट्टी बाँध्ने, सार्वजनिक स्थानहरुमा कालो झण्डा झुण्ड्याउने र साँझ ७.०० बजेदेखि ७.१५ बजेसम्म ब्ल्याक आउट गर्ने निर्णय पार्टीले गरेको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

संविधान संशोधन गरी मधेशलगायत उपेक्षित सबै समुदायको माग पूरा गर्ने भनी सरकारले गरेको प्रतिवद्धतापछि संघीय समाजवादी फोरम नेपाल पनि निर्वाचन र सरकारमा सहभागी भए पनि अहिलेसम्म प्रतिवद्धता पूरा नभएको विज्ञप्तिमा जनाइएको छ ।

प्रतिवद्धता कार्यान्वयनका लागि ध्यानाकर्षणका साथै बलपूर्वक संविधान लागु गरिएको दिन आगामी असोज ३ लाई कालो दिनकै रुपमा मनाउने निर्णय पार्टीको मधेश प्रदेश समितिको कार्य सम्पादन समितिले गरेको यादवले विज्ञप्तिमा जनाएकी छन् ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार