Bal-Umang

Bal-Umang

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल : ईआईए प्रतिवेदनमै त्रुटि

काठमाडौँ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन ९ईआईए० मा गम्भीर त्रुटि रहे पनि वन तथा वातावरण मन्त्रालयले हतार–हतार स्वीकृत गरेको खुलेको छ । विमानस्थलको विस्तृत इन्जिनियरिङ अध्ययन प्रतिवेदन ९डीपीआर० नबन्दै पेस गरिएको ईआईए प्रतिवेदन मन्त्रालयले गत जेठ ९ मा स्वीकृत गरेको हो ।

तत्कालीन वातावरण मन्त्रालयले हेर्दै आएको ईआईए वातावरणसमेत वन मन्त्रालयमै गाभिएपछि जैविक विविधता तथा वातावरण महाशाखाले हेर्न थालेको छ । विमानस्थल निर्माणका क्रममा २४ लाख ५० हजार ३ सय १९ रूख काटिने भए पनि त्यसको २५ गुना शोधभर्ना गर्ने गरी ६ करोड १२ लाख ७० हजार ५ सय २५ बिरुवा कहाँ र कहिले रोपिन्छ भन्ने प्रतिवेदनमा उल्लेख छैन ।

त्यति धेरै बिरुवा रोप्न ३८ हजार २ सय ९४ हेक्टर जमिन आवश्यक पर्छ । पर्यटन मन्त्रालयले भने विमानस्थलको साइट कार्यालय र पहिलो चरणको काम अघि बढाउन करिब १ लाख ९५ हजार ठूला र ५ लाख ७५ हजार २ सय ८६ साना गरी कुल ७ लाख ७० हजार २ सय ९१ रूख कटानको प्रक्रिया अघि बढाइदिन वन मन्त्रालयलाई ताकेता गरिरहेको छ ।

राष्ट्रिय गौरवको आयोजनाभित्र राखिएको विमानस्थलको ईआईए प्रतिवेदन नै दोलखाको गौरीशंकर संरक्षण क्षेत्रअन्तर्गतको एक जलविद्युत् आयोजनाबाट ‘कपी–पेस्ट’ गरिएको भेटिएको छ ।

भौतिक, जैविक, सामाजिक तथा सांस्कृतिक अवयवमा खलल पर्न नदिई विकास निर्माणका कार्य वातावरणमैत्री ढंगले सञ्चालन गर्नु नै ईआईए हो । विकास र वातावरण एकीकृत गरी विभिन्न प्रकृतिका विकास कार्यमा वातावरणीय अवधारणा समावेश गर्ने र वातावरण संरक्षणमा निर्णायक भूमिका खेल्नु ईआईएको मुख्य उद्देश्य हो ।ईआईए प्रतिवेदनको चौथो च्याप्टरको १० नम्बर पेजमा राष्ट्रिय प्रकृति संरक्षण कोष ९एनटीएनसी० को ऐनसमेत आकर्षित हुने उल्लेख छ । यो बुँदाले गौरीशंकर क्षेत्रको जलविद्युत् आयोजनाको ईआईएबाट ‘कपी’ गरिएको पुष्टि गर्छ । किनकि विमानस्थल बन्ने स्थान संरक्षण क्षेत्र नै होइन ।

यस्तै, प्रतिवेदनको च्याप्टर ७ को पेज २ मा ‘विकल्पहरूको तुलना गर्दा नेपाल सरकारले जलविद्युत्लाई उच्च प्राथमिकता दिएको र यो आयोजना ९अन्तर्राष्ट्रिय विमानस्थल० ले वातावरणमैत्री स्वच्छ ऊर्जा उत्पादन गरी मुलुकको सामाजिक, आर्थिक विकासमा योगदान पुर्‍याउनेछ’ भनी अंग्रेजीमा उल्लेख गरिएको छ । विमानस्थल बनाउँदा वातावरणमैत्री ऊर्जा कहाँबाट आउँछ, पत्तो छैन ।

विमानस्थलको ईआईए प्रतिवेदन जीईओसीई कन्सल्ट्यान्ट्स प्रालिले तयार गरेको हो । यसका लागि वातावरणविद् सुवर्णबहादुर जोशी, नारायण सिंह, ज्याकर गौचन, रवीन्द्र श्रेष्ठ, सुशील श्रेष्ठ, आईएम श्रेष्ठ, भानु तिम्सेना, लालबहादुर गुरुङ र सरोज अधिकारी खटिएका थिए ।

प्रतिवेदन स्वीकृत गर्नुअघि भएको उच्चस्तरीय बैठकमा सहभागी एक वातावरणविद्ले अन्तर्राष्ट्रिय विमानस्थलको ईआईए प्रतिवेदन ‘डोमेस्टिक एयरपोर्ट’ को जतिसमेत गुणस्तरीय नभएको टिप्पणी गरे । कमजोर प्रतिवेदन स्वीकृत गर्न लागिएपछि बैठकमा उपस्थित विशेषज्ञहरूले गुणस्तरीय बनाउन र त्यसभित्रका तथ्यांकलगायत पुनर्लेखन गर्न सुझाव दिएका थिए ।

‘प्रतिवेदन सरसर्ती हेर्दा एकदमै हतारमा तयार गरिएको देखिन्छ,’ ती विज्ञले कान्तिपुरसँग भने, ‘हामीले दिएका सुझावसमेत समावेश गरेको देखिएन ।’ प्रतिवेदनमा विमानस्थल निर्माण हुने क्षेत्रफललाई १२ वटा ब्लकमा ७ सय ५४ वटा प्लट बनाएर रूखको नाप गरिएको उल्लेख गरिए पनि अनुसूची हेर्दा १२ ब्लकमा १२ प्लट बनाएर रूखको नापजाँच गरेको देखिन्छ । ७ सय ४२ वटा प्लट गायब छन् ।

कुन ब्लकबाट कतिवटा प्लटमा नाप लिने भन्ने ब्लकको क्षेत्रफलमा भर पर्छ । तर, प्रतिवेदनमा १२ सय हेक्टर ब्लकलाई पनि एक प्लट र ६९।८ हेक्टर ब्लकलाई पनि १ प्लट नाप गरी काटिने रूखको संख्या निकालिएको छ । रूखको आयतन हिसाब गर्दा मूल प्रतिवेदनमा एक सूत्र ९वन मन्त्रालयर१९९५० प्रयोग गरिएको उल्लेख छ भने अनुसूचीमा अर्कै सूत्र ९शर्मा र पुक्कलार१९९०० प्रयोग गरिएको छ । यसो हुँदा प्रतिवेदनको गुणस्तरमाथि प्रश्न उठेको छ ।

८ हजार ४५।७९ हेक्टरमा फैलिने विमानस्थल बनाउन २४ लाख ५० हजार ३ सय १९ वटा रूख काट्नुपर्ने हुन्छ । त्यसको बजार मूल्य करिब ६ खर्ब रुपैयाँ हुने प्रतिवेदनमा उल्लेख छ । त्यसबाट राज्यलाई करिब १५ अर्ब रुपैयाँ राजस्व प्राप्त हुने प्रक्षेपण गरिएको छ ।

प्रस्तावित निर्माणस्थल क्षेत्रमा ६ वटा पानीका नाला रहेको र तीबाट ३९ सय बिघामा सिँचाइ हुने गरेको उल्लेख भए पनि त्यसको विकल्पबारे प्रतिवेदनमा खुलाइएको छ । प्रस्तावित क्षेत्र हात्तीलगायत ठूला वन्यजन्तु पूर्व–पश्चिम ओहोरदोहोर गर्ने मुख्य करिडोरसमेत हो । तर, प्रतिवेदनमा वन्यजन्तु करिडोरको महत्त्व र त्यसको विनाशपछि निम्तिन सक्ने जोखिम न्यूनीकरणबारे केही उल्लेख छैन ।

कम क्षति गरेर विमानस्थल बनाइने
पर्यटनमन्त्री रवीन्द्र अधिकारीले सकेसम्म कम रूख काटेर विमानस्थल बनाइने बताएका छन् । ‘जति आवश्यक छ त्यति मात्र काट्ने हो,’ नेपाल नागरिक उड्डयन प्राधिकरणले शनिबार गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘यो आयोजनाले मुलुकको मुहार फेर्ने भएकाले हामीले यसमा जोड दिएका हौं ।’ उनले निजगढ विमानस्थल पोखरा र भैरहवामा बन्ने विमानस्थलभन्दा पृथक् हुने दाबी गरे । ‘यो एकदमै भिन्न किसिमको एयरपोर्ट हुनेछ,’ उनले भने, ‘ट्रान्जिट एयरपोर्टका रूपमा विकास गर्ने योजना छ, यो ड्रिम प्रोजेक्ट हो ।’

विश्वमा चलिरहेका महत्त्वपूर्ण परियोजनामध्येकै एक भएको चर्चा गर्दै अधिकारीले निजगढ विमानस्थल र फास्ट ट्रयाक बनेपछि निजगढ अन्तर्राष्ट्रिय हब हुने दाबीसमेत गरे । ‘यसको अन्तर्राष्ट्रिय महत्त्व पनि छ,’ उनले थपे, ‘त्यसैले हामीले यसलाई विशेष महत्त्व दिएका हौं ।’ आफू विकास समितिको सभापति हुँदा विमानस्थलको चार किल्ला तोक्न र ईआईए प्रतिवेदन अघि बढाउन सरकारको ध्यानाकर्षण गराएको स्मरण गर्दै उनले अहिले कार्यकारी पदमा बसेर महत्त्वपूर्ण आयोजना अघि बढाउन पाउँदा गर्ब लागेको अनुभव सुनाए ।

प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले विमानस्थल डीपीआरका लागि कम्पनी छनोट भइसकेको र एक महिनामा टुंगो लाग्ने जानकारी दिए । ‘डीपीआर तयार गर्ने, रूख साइट क्लियर गर्ने र बिरुवा रोप्नेलगायत काम एकीकृत रूपमा गर्ने हाम्रो चाहना हो,’ उनले भने । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अत्यधिक व्यस्त भएको र धान्न सक्ने क्षमतासमेत नभएकाले विकल्पका रूपमा अन्यत्र विमानस्थल बनाउन जोड दिइएको उनले प्रस्ट्याए ।कान्तिपुर दैनिकबाट

  • जलविद्युत् आयोजनाको प्रतिवेदनसँग हुबहु
  • काटिएका रूखको शोधभर्ना गर्न बिरुवा रोप्ने ठाउँ अनिर्णीत
  • रूख नापजाँचका लागि तोकिएका प्लट नै गायब
  • सिँचाइ नाला र वन्यजन्तु करिडोरको विकल्पबारे प्रतिवेदन मौन
  • प्रतिवेदन सुधार्न विज्ञका सुझाव बेवास्ता

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार