Bal-Umang

Bal-Umang

नयाँ संहिताले प्रहरीको पिरलो

काठमाडाै।नयाँ संहिताले प्रहरीलाई पनि उत्तिकै पिरोलेको छ । फौजदारी अभियोग र सरकारवादी मुद्दामा कुनै व्यक्तिलाई पक्राउ गर्नुपरे अदालतको अनुमति आवश्यक पर्ने प्रावधानले झमेला बढेको प्रहरी अधिकारी बताउँछन् । यसका साथै अनुसन्धानलाई संकुचित पार्ने र मानिस बेपत्तासम्बन्धी कसुरमा कडा व्यवस्था हुँदा फौजदारी कानुन उल्टै प्रहरीतर्फ आकर्षित हुन सक्ने उनीहरूको चिन्ता छ ।

सुर्खेतका प्रहरी प्रमुख एसपी वसन्त रजौरेले नयाँ मुलुकी संहिता भएकाले सुरु–सुरुमा केही अन्योल भएको बताए । विगतमा प्रहरी नायब निरीक्षक ९सई० ले हेर्दै आएका ११ किसिमका मुद्दा अब हेर्न नपाउने व्यवस्थाले तत्काल जनशक्ति अभाव झनै खट्किने प्रहरीको भनाइ छ । एसपी रजौरेका अनुसार ८० फौजदारी मुद्दाको सूची रहेकाले विगतकै जुनियर अधिकृतलाई अनुसन्धानको जिम्मा दिन कानुनी समस्या छ ।

दैलेख प्रहरी प्रमुख डीएसपी ठाकुरप्रसाद पोखरेलले सरकारवादी देवानी र फौजदारी मुद्दा पेस गर्ने समय २५ दिनबाट ४० दिन पुर्‍याइँदा अनुसन्धान राम्रोसँग गर्न सहयोग गरे पनि पक्राउ गर्न अदालतको अनुमति लिने प्रावधानले गम्भीर फौजदारी अभियोगका आरोपी भाग्न सक्ने, प्रमाण नष्ट गर्न सक्ने अवस्थामा रहेको बताए ।कान्तिपुर दैनिकबाट

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार