Bal-Umang

Bal-Umang

सम्बन्धविच्छेद गर्न पुरुष अदालतमा

काठमाडाैँ । पुरानो कानुनअनुसार सम्बन्धविच्छेदका लागि पुरुष अदालत जान सक्दैनथे । नयाँ संहिताले सम्बन्धविच्छेद गर्न चाहने पुरुषलाई अदालतको ढोका खोलेसँगै छोटो समयमा उल्लेख्य मात्रामा मुद्दा दर्ता भएका छन् । भदौ १ यता सुर्खेत जिल्ला अदालतमा सम्बन्धविच्छेदका ३४ मुद्दा दर्ता भएका छन् ।

तीमध्ये १४ मुद्दा पुरुषले दर्ता गराएका छन् । अदालतका स्रेस्तेदार वीरेन्द्रबहादुर मल्लका अनुसार सम्पत्ति हिनामिना गरेको, आफूखुसी हिँड्ने गरेको, सम्पर्कमा नआएको जस्ता कारण देखाएर पतिले सम्बन्धविच्छेदका मुद्दा दर्ता गरेका छन् ।

जाजरकोट अदालतमा ३ सातामा ८ पुरुषले सम्बन्धविच्छेद मुद्दा दर्ता गरेका छन् । अदालतका नायब सुब्बा गौरवसुन्दर श्रेष्ठका अनुसार नयाँ संहिता लागू भएयता पुरुषद्वारा सम्बन्धविच्छेदका ८, महिलाद्वारा अंशसहित सम्बन्धविच्छेदका ३, करणीका २, खान–लाउन खर्च, लेनदेन, सवारीज्यान र कर्तव्यज्यानका १र१ मुद्दा दर्ता भएका छन् ।कान्तिपुर दैनिकबाट

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार