Bal-Umang

Bal-Umang

‘न्याय दिन सक्दैनौं भने हामीलाई पनि गोली ठोकेर मारिदेऊ’ : निर्मला पन्तका बाबुआमा

काठमाडौं । कञ्चनपुरको पुरै सुरक्षा युनिट फेरिएर नयाँ प्रहरी प्रमुख एसपी कुबेर कडाँयत र प्रहरीका वरिष्ट अधिकृतहरुको संलग्नतामा दुर्इ वटा उच्च स्तरीय छानविन समितिले समे तकञ्चनपुर हत्या प्रकरणको अनुसन्धान नयाँ शिराबाट सुरु गरेपनि अपराधीविरुद्ध कुनै ठोस प्रमाण फेला पार्न सकेका छैनन्।

जसले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तका बाबुआमा न्याय नपाइने हो की भनेर चिन्तित बनेपछि उनीहरु न्यायको लागि काठमाडौँ नै आएका छन्। उनीहरु काठमाडौं आएर न्या नपाएर नफर्किने सरकारलार्इ चेतवानी समेत दिएका छन् ।

काठमाडौँमा पत्रकार सम्मेलन गरी घटनाको पृष्ठभुमी बताउँदै बाबु यज्ञराज पन्त भावुक हुँदै भने,‘सरकारले हत्यारालाई पक्राउ गर्न कुन ताकतले छेकेको छ रु न्याय दिन सक्तैनौं भने हामीलाई पनि गोली ठोकेर मारिदेऊ।’

निर्मला हराएको दिनदेखि नै असहयोग भएको बताएका उनले रोशनी बम र बबिता बमको पक्षमा लागेर प्रहरीले हप्काएको पनि बताए । जबरजस्ती लास उठाउनका लागि दबाब दिएको प्रहरीले प्रमाण नस्ट गरेको बताएका उनले प्रधानमन्त्री केपी शर्मा ओलीले लासका विषयमा दिएको अभिव्यक्तिले चित्त फाटेको सुनाए ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार