Bal-Umang

Bal-Umang

प्रधानन्यायाधीशमा अस्विकृत भएका जोशी तेस्राे दिन पेशी पाएपछि सरकारकै पक्षमा गरे यस्ताे अादेश

काठमाडाैँ । संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा अस्विकृत भएका दीपकराज जोशी विदा सकाएर सर्वोच्च अदालत फर्किएको तेस्रो दिन पेशी पाएपछि उनले सरकारकै पक्षमा फैसला गरेका छन्। सर्वोच्च अदाततले स्वास्थ्य सेवा बन्द हड्तालजस्ता कार्य नगर्न आदेश जारी गर्दै सरकारलार्इ गर्न सजिलाे बनाएकाे छ ।

न्यायाधीश जोशीको एकल इजलासले स्वास्थ्य सेवाजस्तो आधारभूत क्षेत्रमा बन्द हडताल नगर्ने नेपाल चिकित्सक संघको नाममा आदेश जारी गरेको हो । ‘संघको भदौ २६ गतेदेखि स्वास्थ्य सेवा बन्द गर्ने भनिएको निर्णय अर्को आदेश नभएसम्म तत्काल कार्यान्वयन नगर्ने नगराउनु,’ आदेशमा भनिएको छ।

उपभोक्ता हित संरक्षण मञ्चका तर्फबाट अधिवक्ता विष्णुप्रसाद तिमिल्सनाले स्वास्थ्य क्षेत्रजस्तो आधारभूत क्षेत्रमा बन्द हड्ताल गर्न नहुने भन्दै रिट निवेदन दायर गरेका थिए ।

गोविन्द केसीको मागमा ऐक्यबद्धता जनाउँदै विगतदेखि नै स्वास्थ्य क्षेत्रमा बन्द, हडताल गर्दै आएको संघले मुलुकी अपराध (संहिता) ऐन २०७४ संशोधनका विषयलाई लिएर आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो । तर सरकारले संहिताका त्रुटि सच्याउने सहमति गरेपछि उसले भदौ २६ गतेसम्मको समय दिएको थियो ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार